नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरिएको बताएका छन्।
सभामुखुँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा रास्वपालाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरेको बताएका हुन्।
'संसद ४ गतेबाट शुरु हुन्छ । उहाँहरुलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ । अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हो,' उनले भने।
संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरिएको घिमिरेले बताए।

रास्वपा प्रमुख सचेतम सन्तोष परियाले आफ्ना मागहरुप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।
'मुख्य कुरा सरकारले सुन्न चाहिरहेको छैन, हाम्रो मागप्रति सरकार सुन्न चाहँदैन । तर सभामुखज्युले त्यहाँ सबैको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो । संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्छौँ भनेका छौं,' उनले भने।