न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरूवा सिफारिस गरेको छ।
बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ जना न्यायाधीशलाई सरूवा सिफारिस गरेको सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए।
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायाधीश दिनेशप्रसाद यादवलाई उच्च अदालत दिपायलमा सिफारिस गरिएको छ।
उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराईलाई उच्च अदालत विराटनगर, धनकुटा इजलासका लागि सिफारिस गरिएको छ।
यस्तै, उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सिफारिस भएका छन्।
यसैगरी काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई धादिङ जिल्ला अदालतमा सिफारिस गरिएको छ।
सूचीसहित: