मुख्य सचिव एकनारायण अर्यालले पूर्वाधार निर्माण लगायतका काममा अहिलेका कानुन बाधक भएको बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको सार्वजनिक निजी संवादमा उनले क्रमश: कानुन सुधार गरिएपनि अझै सुधार आवश्यक रहेको बताए।
'यी कानुनको आधारमा विकास हुँदैन भन्ने कुरामा हामी विश्वस्त छौं,' अर्यालले भने, 'अहिलेको कानुनले त धौवादी फलाम खानी पनि बन्दैन, अझ भन्ने हो भने फाष्टट्रयाक पनि बन्दैन।'
उनले कानुनका व्यावहारिक समस्या सुझाएर कानुन सुधार सम्बन्धी सुझाव दिन आग्रह गरे। उनले सरकार तीव्र रूपमा कानुन सुधारमा काम गर्दै गरेको बताए।
वन ऐन, जग्गा प्राप्ती, हदबन्दीको व्यवस्था लगायतमा समस्या रहेको बताएका छन्।
उनले निजी क्षेत्रलाई पनि अनुशासित काम गर्न सुझाव दिएका छन्।
सरकारी निकायले काम गर्ने क्रममा जहाँ समस्या छ त्यही कुरा राख्न समधान खोज्न आग्रह गरे।
'कानुन अनुसार सबै प्रक्रिया पुग्ने काम रोकिँदैन। प्रक्रिया पूरा भएर पनि काम भएन भने त्यसको उपचार छ। त्यहाँ किन रोकिएको हो नसोध्ने तर विभिन्न ठाउँमा पहुँच पुर्याउने कुराले काम बन्दैन,' अर्यालले भने।
अहिले १२१ कानुन सुधारको लागि काम भएको मुख्य सचिव अर्यालले बताएका छन्।