खोटाङका नव निर्वाचित सांसदहरुले हालैको आम निर्वाचनमा स्थानीयले दिएको जनमत खेर जान नदिने बाचा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा खोटाङमा जन्मिएर राजधानीमा पत्रकारिता गर्दै आएका यूवाहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसदहरूले यस्तो बाचा गरेका हुन्।
जिल्लाको समग्र शिक्षा, स्वास्थ्य र सडकका बारेमा जिम्मेवारपूर्वक जनताले दिएको भोटलाई आफूहरूले उच्च मूल्यांकन र कदर गर्ने बाचा गरेका हुन्।
खोटाङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका विशाल भट्टराईले जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगार, सडक, विद्युत तथा खानेपानीको समस्यालाई राज्यद्धारा तत्काल सम्बोधन गर्ने गरि आफूहरु लागिपर्ने बताए।
यस पटक स्थानीय जनतताले जिल्लामै बसेर राजनीति र जिल्लाको विकासका बारेमा लागिपरेका नेतालाई जिताएको भन्दै सांसद भट्टराईले विगतको सरकारले खोटाङको लागि पक्षपात गरेको आरोपसमेत लगाए ।
उनले मध्यपहाडी लोकमार्गलाई ४ लेनमा विस्तार गरि खोटाङमा उत्पादित तरकारी र अन्य बाली निर्यात गरिनेसमेत उल्लेख गरे।
कार्यक्रममा खोटाङ प्रदेश ‘क’ का सांसद राजन राईले जिल्ला वर्तमान समयमा स्थापित सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक परिवर्तन नगरिने हो भने बन्द गर्न सुझाव दिएका छन् ।
राज्यले शिक्षाको क्षेत्रमा उल्लेख्य लगानी गरे पनि सामुदायिक शिक्षा आमुल परिवर्तन नभएको आरोप लगाए । उनले भने,‘हामीले भरखर चुनाव जितेर आएका छौँ, अब हाम्रो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, खानेपानि, विद्युत र सडकलाई जोड्न् ह्नेछ, यसमा सबैको साथ जरुरी रहन्छ।’
नेपालकै पाँचवटा धार्मिक स्थलहरुको सूचिमा खोटाङको हलेसी मन्दिर परेको भन्दै अब राज्यको नजर खोटाङमा पर्ने दाबी गरे ।
त्यस्तै खोटाङ प्रदेश ‘ख’ प्रदेश सांसद रामकुमार राईले खोटाङको उत्पादन, अर्गानिक क्षेत्रको विकास, पर्यटनको विकास, धार्मीक स्थल हलेसी मन्दिर लगायतको संरचनाको उचित किसिमको विकास र संरक्षण गरिने बताएका छन्।
मुलुक समादवाद तर्फ उन्मुख भएको बताउदै राईले प्रदेशको राजधानी, प्रदेशको नामाकरण र प्रदेश संचालन सम्बन्धि कानुन नबन्नु विडम्बना भएको बताए।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले खोटाङबाट निर्वाचत सबै सांसदलाई बधाई र शुभकामा दिँदै जिल्लाको आर्थिक विकासलाई फराकिलो बनाउन सुझाव दिए।