हयाण्ड्स फर नेपालको आयोजनामा दोलखाका भुकम्प पिडित एवं पिछडिएका समुदायका ३०९ जनाको निःशुल्क आँखा परिक्षण गरिएको छ ।
पुस दोस्रो साता कालिञ्चोक गाउँपालिका–५ लापिलाङको थामी बस्तीमा आयोजित कार्यक्रममा ३६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको हयाण्ड्स फर नेपालका कुमार अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौंस्थित त्रिपुरेश्वर आँखा अस्पतालको प्राविधिक सहयोगमा बरिष्ठ आँखा रोग बिशेषज्ञ डा. इन्दुप्रसाद ढुँगेलको समूहले आँखा परिक्षण गरेको हो ।