अविरल वर्षाले घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा घर भत्किएर दुई जनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएका छन्।
‘घरको गारोले च्यापेर दुई जनाको मृत्यु भएको छ, तर उद्धार कार्य चलिरहेको हुँदा पहिचान खुल्न सकेको छैन,’ रोल्पा प्रहरी प्रमुख फुँयालले सेतोपाटीलाई फोनमा भने।
घटनास्थलममा सई खड्गबहादुर डाँगीको नेतृत्वमा प्रहरी केहीबेर अगाडि मात्रै पुगेको र उद्धार जारी राखेको फुँयालले जानकारी दिए ।