दाङमा बाढीले बगाउँदा दुईको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ ड्वाँङपुर भन्ने स्थानमा एकजना र बंगलाचुली गाउँपालिका वडा नं. ३ मा अर्का एकजना व्यक्तिको स्थानीय खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलवार बेलुका साढे ७ बजेतिर बबई नदी किनारमा अन्दाजी ६५ बर्षीय वृद्ध व्यक्तिको शव फेला परेको भएपनि उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
प्रहरीका अनुसार खैरो रंगको भोटो, कालो र निलो रंगको कोट लगाएका ती व्यक्ति मंगोलियन अनुहारका छन् । त्यस्तै बंगलाचुली गाउँपालिका वडा नं. ३ निवासी ३० बर्षीय टेकबहादुर डाँगीको सोमवार स्थानीय जैखोलाले बगाउदा मृत्यु भएको प्रहरीको भनाइ छ ।