चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
उनीहरूमध्ये ७ जना भरतपुर महानगरपालिकाका छन् भने ३ जना राप्ती नगरपालिकाका हुन्।
मकवानपुरका ६० वर्षीय पुरूषको स्वाब भरतपुरकै आशा अस्पतालबाट लिइएको हो। भरतपुरकै पुरानो मेडिकल कलेजबाट स्वाब लिइएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ।
आज संक्रमित पुष्टि हुनेहरु अधिकांश क्वारेन्टिनमा बसेकाहरू छन्। उनीहरू ६ देखि ८६ वर्षसम्मका छन्।
आजसम्ममा चितवनका २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।