चितवनमा मृत्यु भएकी १ सय ९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की वृद्धाको आज बिहान मृत्यु भएको थियो।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उनमा कोरोना संक्रमण भएको पुष्टि गरे।
हिजो शंकास्पद व्यक्तिसँग भेट भएको थाहा भएपछि उनको स्वाब परीक्षण गरिएको थियो।
भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।
चितवनमा यसअघि पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भइसकेको छ।