इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले मतदान गरेका छन्।
दुवै जनाले इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
यसअघि रास्वपा उम्मेदवार मिलन लिम्बूले पनि मतदान गरिसकेका छन्।
उनले माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा लिम्बूले पहिलो मतदान गरेका हुन्।
इलाम-२ को सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान समयमै सुरू भएको छ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।