चितवनको माडीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।
बुधबार दिउँसो सवा १ बजेतिर माडी नगरपालिका-५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले खोजी तथा अनुसन्धान गरिरहेको छ।
अहिले पानी परिरहेको र खोलाहरू बढेको कारण भरतपुरबाट माडी, ठोरीतर्फ जाने सवारीसाधनहरू बाटोमै रोकिएका छन्।