दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटका दुई वर्षीय रोशन विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बुधबार दिउँसो घरमा बसिरहेको बेला चट्याङ लागेर बालकको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।
चट्याङ लागेर रोशनकी ४० वर्षीया हजुरआमा कमला विष्ट घाइते भएकी छन्।
यस्तै सोही ठाउँका प्रदीपबहादुर विक र वृषबहादुर मिजारको घरमा पनि चट्याङले सामान्य क्षति पुर्याएको छ।