हरितालिका तिजको अवसरमा काठमाडौंको बसन्तपुर दरबारमा पनि दर्शनार्थीको घुइँचो लागेको छ।
शुक्रबार बिहान वर्षाका कारण दर्शनार्थी केही कम देखिएपनि वर्षा रोकिएसँगै दर्शनार्थीको भीड बढेको हो।
आजको दिन महिलाहरूले निराहार (पानीसमेत नखाइ) व्रत गर्ने र भगवान् शिवको पूर्जा—अर्चना र उपासना गर्छन्।
आजको दिन महिला, पुरूष दुवै जना व्रत बस्न सक्ने र महादेवको उपासना र अनुष्ठान गर्न सक्ने धार्मिक मान्यता छ।
व्रतालु महिला, पुरूषहरू महादेवका मन्दिरका अतिरिक्त विभिन्न देवस्थल गइ पूजाआराधना गर्ने परम्परा छ।
पूजाअर्चनापछि आपसमा भेला भएर नाचगान गर्नेगर्छन्। तिजको अघिल्लो दिन रात्रि दर खाने प्रचलन छ।
निराहार व्रत बस्ने अघिल्लो दिन छोरी, दिदीबहिनीहरूलाई माइतीमा बोलाइ दर खुवाउने प्रचलन छ।
पशुपतिमा पनि बिहानैदेखि दर्शनार्थीको भीड छ। बसन्तपुर दरबार क्षेत्रमा रहेको मख्खन पशुपति सानो पशुपतिले समेत चिनिन्छ।
हेर्नुस् तस्बिरहरूः