काठमाडौंमा दुई पुरूष मृत फेला परेका छन्।
गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान तारेभिर घलानटोल बस्ने ६८ वर्षीय सूर्य तामाङ र दक्षिणकाली नगरपालिका-८ मखुबेशीमा नामथर नखुलेको अन्दाजी ४२ वर्षीय पुरूष मृत्यु अवस्थामा भेटिएका हुन्।
उनीहरूको शव बुधबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ।
तामङ सोही वडाको खोल्सामा मृत अवस्थामा भेटिएका हुन् भने पहिचान नखुलेका पुरूष मखुबेशीस्थित बागमती खोलाको छेउमा भेटिएको प्रहरीले बताएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।