दसैंका लागि बिक्री गर्न मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं ल्याइएको छ।
काठमाडौंको कलंकीस्थित खसी बजारमा बिहीबारदेखि च्याङ्गा बिक्रीका लागि राखिएको छ।
घटस्थापनाका दिन ७९ वटा च्याङ्गा बिक्रीका लागि ल्याइएको व्यवसायीहरूले जानकारी दिएका छन्।
जिउँदो च्याङ्गा प्रतिकेजी १३ सय रुपैयाँका दरले बिक्री भइरहेको छ।
मुस्ताङका भेडाच्याङ्गाको मासुको माग बढ्दो छ।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी