त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका ९ झ्याप्लेखोला पहिरोमा परेर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ।
गत असोज १२ गते झ्याप्ले खोलामा पहिरो खस्दा तीन वटा गाडी पुरिएका थिए। जसभित्र रहेका ३५ जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार झ्याप्ले खोला पहिरोमा काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गर, बा २ ख १३४५ नम्बरको माइक्रो र ना ४ ख २२७० नम्बरको बसमा सवार रहेका ३५ जनाको मृत्यु भएको हो।
उक्त पहिरोमा बा १ प १३८८, बा १ प ८, बा २ ख १७४१ र एचआरएबी ७०७० नम्बरको सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। झ्याप्ले खोला पहिरोमा तीन वटा गाडी पुरिएका थिए भने चार वटा गाडीमा पहिरोका कारण क्षति पुगेको प्रहरीको भनाइ छ।
पहिरोमा पुरिएर मृत्यु भएकाहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताए।
यस्तो छ मृतकको नामवलीः