बर्दियामा १५ वर्षीया बालिकालाई जंगलमा ललाइफकाइ लगेर बलात्कार गरेको आरोपमा २० वर्षे युवक पक्राउ परेका छन्।
दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका – ८ घर भइ हाल बर्दियाको बारबर्दिया नगरपालिका – ३ बनगाँई बस्दै आएका २० बर्षीय प्रकाश परियार पक्राउ परेका छन् । प्रकाशले बुधबार बेलुकी बारबर्दिया नगरपालिका – ६ ठाडाफाँटस्थित जय दूर्गा सामुदायिक वनमा लगेर बलात्कार गरेको उजुरी परेको थियो।
उजुरीका आधारमा प्रहरीले परियारलाई बिहीबार पक्राउ गरेको थियो।