काठमाडौंको शंखपार्कस्थित एक घरबाट ६ तोला सुन चोरी भएको छ।
काठमाडौं महानगरपालिका-४ शंखपार्क बस्ने ७० वर्षीया गंगादेवी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना करिब ६ तोला, नगद ८० हजार र १ थान मोबाइल समेत गरी करिब ८ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
श्रेष्ठको घरमा बिहीबार राति चोरी भएको हो।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।