दसैँको अर्को आकर्षण हो पिङ।
दसैँ नजिकिएसँगै टोलवासी मिलेर सबैलाई पायक पर्ने ठाउँमा लिंगे पिङ हाल्ने पनि दसैँको अर्को संस्कृति हो।
यो संस्कृति अझै गाउँघरमा बढी हुन्छ। युवाहरू मिल्ने, पिङ हाल्ने र बालबालिकादेखि वृद्धवृद्धा सम्मलाई पिङ खेलाइने चलन गाउँघरमा बढी हुन्छ।
दसैँ तिहारमा एकपटक पैतालाले धर्ती छोड्नैपर्छ भन्ने मान्यता नै हुन्छ केही ठाउँहरूमा।
यद्यपि गाउँघरबाट पनि पिङ हाल्ने संस्कृति विस्तारै हराउन थालेको छ।
दसैँ तिहारका बेला काठमाडौंका पनि विभिन्न ठाउँमा पिङ बनाइन्छ।
शनिवार गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा हालिएको पिङमा रमाइरहेका थिए।
केही युवायुवती पनि पिङ खेल्न आएका थिए।
तस्बिरहरूः
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।