बाढी-पहिरोमा परेर काभ्रेमा मात्रै ७७ जनाको मृत्यु भएको छ।
असोज १० गते बिहीबार रातिदेखि शनिबारसाँझसम्म परेको वर्षाले काभ्रे जिल्लामा ७७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको हो।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार काभ्रेका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी पनौती नगरपालिकामा मानवीय क्षति पुगेको छ। पनौती नगरपालिकामा १८ जनाले ज्यान गुमाएका छन् भने रोशी, बेथानचोक, तिमाल गाउँपालिकामा १२/१२ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, धुलिखेल नगरपालिका २, बनेपा नगरपालिका ३, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७ जनाले ज्यान गुमाएका छन्। चौरीदेउराली गाउँपलिका १ र भुम्लु गाउँपालिका ३ जनाले बाढी पहिरोमा ज्यान गुमाएको प्रहरी कार्यालयको तथ्यांक छ।