ललितपुरमा मृत फेला परेका पुरूषको पहिचान भएको छ।
आइतबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर २५ हार्मोनी कोलनी सि ब्लकमा भेटिएको पुरूष रौतहट गौर नगरपालिका -६ घर भई ललितपुर महानगरपालिका-१४ ताल्चीखेल बस्ने ३० वर्षीय विक्रम शाह रहेको खुलेको छ।
उनको आफन्तले शव पहिचान गरी सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए।
'उनी असोज १२ गते हराएको भनि सातदोबाटोमा निवेदन दिइएको रहेछ, मृतकको लुगा र शारीरिक बनावटको आधारमा पहिचान गर्नुभएको हो,' एसपी पौडेलले भने।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।