नेपाली सेना सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्राविधिकसहितको टोलीले बेलिबृज पुल निर्माण गरेको हो।
असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी-पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो।
गोलान्जोर गाउँपालिका-७ खुर्कोट र मन्थली नगरपालिका-६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गबीच रहेको सुनकोशी नदीको एक सय मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो।
उक्त पुल बगाएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो।
शनिबारदेखि सेनाको टोलीले बेलिबृज बनाउने काम अघि बढाएको हो।
तस्बिरहरू: