पर्वतको कुश्मामा फेला परेको शंकास्पद वस्तु निष्क्रिय भएको छ।
सोमबार कुश्मा नगरपालिका-७ गोदामस्थित स्थानीयको बारीमा शंकास्पद वस्तु फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त ठाउँमा शंकास्पद वस्तु फेला परेको खबर पछि सेनाको बम डिस्पोजल टोली पुगेको थियो।
टोलीले शंकास्पद वस्तुलाई निष्क्रिय पारेको निर्देशनालयले जानकारी दिएको छ।