काठमाडौंका क्लबमा बालिकाहरूलाई प्रवेश गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका-२४, धापाखेलका ३१ वर्षीय सनिप महर्जन र सुर्खेत घर भई ढोलाहिटी बस्ने २९ वर्षीय सन्देश थापा पक्राउ परेका हुन्।
उनीहरूले बालिकाहरूलाई काठमाडौंको ठमेलमा रहेका क्लबहरूमा प्रवेश गराएको आरोप छ।
उनीहरूमाथि बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिम कसुर गरेको अभियोग छ।
क्लबहरूबाट बालिकाहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको कार्यालयले जनाएको छ।