ललितपुरकी एक महिला ११ दिनदेखि सम्पर्कबिहीन भएकी छन्।
३० वर्षीया सुनिता खत्री असोज ३० देखि सम्पर्कबिहीन भएकी हुन्।
उनी बिहान १० बजे घरबाट निस्किएकी थिइन्। घरबाट निस्किएकी उनी अहिलेसम्म सम्पर्कमा नआएकी हुन्।
परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन समेत दिएका छन्। प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार ती महिलाको पछिल्लो मोबाइल रेकर्ड सिन्धुपाल्चोकमा देखिएको हो।
त्यसपछि मोबाइल पनि अफ भएको डिएसपी भट्टराईले बताए।
प्रहरीले उनको खोजी गरिरहेको छ।