कपिलवस्तुमा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमी नगरपालिका-१० महुवा बस्ने रामप्रसाद कोरीलाई पक्राउ गरेको एसपी निरञ्जन भट्टले जानकारी दिए।
उनलाई इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरिको ठोलीले पक्राउ गरेको हो।
उनले २०६९ चैत १० गते राति लक्ष्मीपुरमा आफ्नी २५ वर्षीया श्रीमती मान्ती कोरीको हत्या गरेका थिए। लाठी र धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। उनी त्यसयता फरार थिए।
उनलाई कपिलवस्तु जिल्ला अदालतले २०८० जेठ १ गते २० वर्ष कैद सजाय तोकेको थियो।