राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सोमबार बस्दैछ।
बैठक मध्याह्न सवा १२ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ।