काठमाडौंको कीर्तिपुर अस्पताल पछाडि एक जना महिलाको शव फेला परेको छ।
आइतबार कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडि झाडीमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान अघि बढाएको छ।