काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।
'पहिले पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएका थियौं,' उनले भने, 'अहिलेसम्म क्लियर नगरेपछि हामी पुनः आएका हौं तर अहिले नै डोजर चलाइसकेका छैनौं। छलफल भइरहेको छ।'
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर/टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो।
यो पनिः
अदालतको आदेश अटेर गर्दै महानगरले गौशालाको निजी घरमा चलायो डोजर