काठमाडौंमा भुइँचालो गएको छ।
गएराति १०:४६ बजे काठमाडौंको कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रले भुइँचालोको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको जनाएको छ।
यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भुइँचालो गएको थियो।
कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भुइँचालोले क्षति पुगेको भन्ने विवरण सार्वजनिक भएको छैन।