बंगलादेशले आफ्ना नोटहरूबाट प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको तस्बिर हटाउने तयारी गरेको छ।
रहमान केही समयअघि मात्रै निर्वासनमा गएकी पूर्वप्रधानमन्त्री शेख हसिनाका बुबा हुन्। उनको तस्बिर हटाउने तयारी भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाडेर गएको केही महिनापछि यो कुरा बाहिरिएको हो। उनी गत जुलाईमा बंगलादेश छाडेर भारत पुगेकी हुन्।
बंगलादेशी बैंकले त्यहाँका २०, १००, ५०० र १००० दरका नयाँ नोटमा रहमानको फोटो नराखी छाप्ने तयारी गरिरहेको जनाएको हो।
त्यसको सट्टामा बंगाली परम्परा, धर्म र विद्यार्थी आन्दोलनका क्रममा बनाइएका ग्राफिटी (एक प्रकारको चित्रकला) झल्किनेगरी राख्ने तयारी भइरहेको जनाएको हो।
‘नयाँ नोटमा शेख मुजिबुर रहमानको तस्बिर रहनेछैन,’ बंगलादेश बैंकका कार्यकारी निर्देशक हुसनियरा शिखाले भने। अबको ६ महिनाभित्र नयाँ नोटहरू बजारमा पठाइने पनि उनले बताए।
रहमानलाई बंगलादेशका ‘फादर अफ द नेशन’ अर्थात अभिभावकका रूपमा हरिन्छ।