नेपाल प्रहरीसम्बन्धी विधेयकले प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीको पदभन्दा एक तह वा श्रेणी माथिको पदमा बढुवाका लागि उम्मेदवार बनाउने प्रस्ताव गरेको छ।
मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले प्रदेशमा समायोजन हुनेका लागि यस्तो प्रस्ताव गरेको हो।
तर प्रदेश प्रहरीमा समायोजना भएको कर्मचारी प्रदेश प्रहरी सेवाको माथिल्लो तह वा श्रेणीमा बढुवा भएमा नेपाल प्रहरी (संघीय) सेवाको पदमा बढुवाका लागि उम्मेदवार हुने छैनन्।
प्रदेश प्रहरीबाट डिआइजीमा बढुवा गर्दा प्रदेशकै एक तहमुनि पदमा कार्यरत अधिकृतबाट बढुवा गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था गर्न लागेको छ।
संघीय प्रहरीमा रिक्त पदमा बढुवाबाट पदपूर्ति गर्नका लागि भन एसएसपी पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। प्रदेशमा चार वर्ष सेवा अवधि पूरा नगर्ने एसएसपी नेपाल प्रहरीमा बढुवाका लागि उम्मेदवार हुने छैनन्।
प्रदेश प्रहरीमा बढुवाका लागि सम्भाव्य उम्मेदवार उपलब्ध नभएमा नेपाल प्रहरी सेवाबाट बढुवा गरी पदपूर्ति गर्ने पनि विधेयकमा उल्लेख छ।