काठमाडौंको न्यूरोड क्षेत्रस्थित शुक्रपथका सडक आसपासका घरमा हिजोआज सेतो रङ लगाइएको छ। घरका भित्तामा सेतो र झ्यालमा हरियो रङ लगाइएको हो।
यहाँ फराकिलो फुटपाथ बनाइएको छ भने बिजुलीका तारहरू पनि हटाइएका छन्। जुद्ध शमशेर राणाको पालामा बनेका घरको झलक ल्याउन यहाँ सबै घरमा एकनासका रङ लगाइएको हो।
'जुद्ध शमशेरका पालामा बनेका घरका भित्तामा सेतो र झ्यालमा हरियो रङ लगाइन्थ्यो, त्यसैको झलक दिन खोजिएको हो,' काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले बताए।
वडाध्यक्ष भण्डारीका अनुसार यो काम वडाकै परिकल्पना अनुसार गरिएको हो।
'म न्यूरोड क्षेत्रमै हुर्किएको हुँ। सानोमा मैले जुद्ध शमशेरको पालामा बनेका घरहरू यस्तै देखेको थिएँ। त्यही झल्को आउने काम किन नगर्ने भन्ने लागेपछि मैले घरधनी र व्यापारीहरूलाई बोलाएर प्रस्ताव गरेँ, उहाँहरूले सहजै स्वीकार गर्नुभयो,' उनले भने।
शुक्रपथका ती सबै घरमा रङ लगाउन करिब ३० देखि ४० लाख रूपैयाँ लाग्ने अनुमान छ। घरमा लगाइएको रङको शुल्क भने घरधनीहरूले नै बेहोर्ने उनले बताए।
'यो काम न्यूरोड सिँगार्न गरिएको र यसले कुनै न कुनै किसिमबाट व्यापार प्रवर्द्धनमा पनि मद्दत गर्नेछ,' उनले भने।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी
![Shukraraj-sadak,-new-road-927-ink-1738053883.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-927-ink-1738053883.jpeg)
![Shukraraj-sadak,-new-road-935-ink-1738053885.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-935-ink-1738053885.jpeg)
![Shukraraj-sadak,-new-road-936-ink-1738053885.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-936-ink-1738053885.jpeg)
![Shukraraj-sadak,-new-road-932-ink-1738053884.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-932-ink-1738053884.jpeg)
![Shukraraj-sadak,-new-road-928-ink-1738053883.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-928-ink-1738053883.jpeg)
![Shukraraj-sadak,-new-road-927-ink-1738053883.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-927-ink-1738053883.jpeg)
![Shukraraj-sadak,-new-road-934-ink-1738053884.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-934-ink-1738053884.jpeg)
![Shukraraj-sadak,-new-road-933-ink-1738053884.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-933-ink-1738053884.jpeg)
![Shukraraj-sadak,-new-road-929-ink-1738053883.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-929-ink-1738053883.jpeg)
![Shukraraj-sadak,-new-road-930-ink-1738053883.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-930-ink-1738053883.jpeg)
![Shukraraj-sadak,-new-road-926-ink-1738053882.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-926-ink-1738053882.jpeg)
![Shukraraj-sadak,-new-road-925-ink-1738053882.jpeg](https://www.setopati.com/uploads/posts/Shukraraj-sadak,-new-road-925-ink-1738053882.jpeg)