चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्।
सोमबार दुई जनाबीच कुराकानी भएको समाचार संस्था सिसिटिभीले जानकारी दिएको छ। पुटिनको अनुरोधमा दुई जनाबीच कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ।
रूस र युक्रेनबीच जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच फेब्रुअरी १२ मा टेलिफोन संवाद भएको थियो। त्यसै विषयमा गत मंगलबार साउदी अरेबियाको राजधानी रियादमा दुई पक्षबीच छलफल भएको थियो।
अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ, रूसी विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ अनि केही साउदी प्रतिनिधिबीच भएको बैठक करिब साढे ४ घन्टा चलेको थियो।
त्यही वार्ताबारे जानकारी दिन पुटिन र सीबीच कुराकानी भएको हो।