काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट भ्रातृ संगठनका विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्ने आदेश दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतले अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई १० हजार रुपैयाँ, अन्य नेताहरू गोपालबहादुर शाहीलाई १० हजार, नविन सिं ऐरलाई १० हजार, दिनेश सिग्देललाई १० हजार र रमेश कुमार फुलारालाई १५ हजार रुपैयाँमा छाड्न आदेश दिएको हो।
माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका-२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट गरेका थिए। सौजन्य शाही भने अझै फरार छन्।