ललितपुरको इमाडोलस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ।
मंगलबार साँझ महालक्ष्मी नगरपालिकाको कृष्णमन्दिर चोक नजिकै एक घरमा आगलागी भएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीका अनुसार उक्त घरको दुइटा फ्लोरमा आगलागी भएको थियो। पहिलो तलामा पेन्ट पसल थियो भने माथिल्लो तलामा डेन्टल पसल रहेको थियो।
दुइटै पसलमा क्षति भएको उनले बताए। यद्यपि क्षतिको विवरण संकलन भइनसकेको उनको भनाइ छ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
अहिले पनि दमकल र प्रहरीको टोली त्यहीँ छ।
-1740490022.jpg)
-1740490022.jpg)
-1740490021.jpg)