तुलसीपुरमा गोरुले हानेका एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १७ जमेराका ७१ बर्षीय गहचा चौधरीको बुधबार बिहान मृत्यु भएको छ ।
मंगलबार बेलुकी चौधरीलाई आफ्नै घरमा पालेको गोरुले पानी दिने क्रममा हानेको थियो ।
दुबै हात, ढाड र पेटमा गम्भीर चोट पटक खेपेका चौधरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो।
सामान्ने उपचार पछि चौधरीलाई घर परिवारले मंगरबार नै घर लगेका थिए । घाइते चौधरीको घरमै बुधबार बिहान सवा ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले जानकारी दिए।