नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दुर्लभकुमार थापाको निधन भएको छ।
उनको मंगलबार निधन भएको नेपाल प्रहरीले जनाएको छ।
उनले २०३५ साउनदेखि आइजिपीको कार्यभार सम्हालेका थिए। उनी २०३९ जेठसम्म नेपाल प्रहरीको आइजिपी बने।
पाटनस्थित निवासमै उनको निधन भएको नेपाल प्रहरीका डिआइजी दिनेश आचार्यले बताए।
उनको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिने बताइएको छ।