शिक्षक आन्दोलनमा घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत भएका छन्।
आइतबार शिक्षक आन्दोलनमा पानीको फोहरा लागेर प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रका सबिना कार्की घाइते भएकी थिइन्।
उनको आँखामा चोट लागेको देखेपछि प्रहरी सहायक हवल्दार तारा बहादुर घर्तीले बोकेर उनलाई नजिकैको अस्पतालमा पुर्याउन सहयोग गरेका थिए।
उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो।
प्रहरी वृत्त मालिगाउँमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पुरस्कृत गरेको हो।