ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
उनले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २/३ दिन देखि पटक/पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।