सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सप्तकोशी नदीमा बेपत्ता भएका छन्।
बिहीबार दिउँसो कोशी ब्यारेज नजिकैबाट दुई जना गोताखोर बेपत्ता बनेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
सशस्त्र प्रहरी मुख्यालय सप्तरीको गोताखोर टोलीका दुई जना जवान बेपत्ता बनेको र खोजी भइरहेको सशस्त्रका एक अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले पनि घटनाबारे पुष्टि गरे। बेपत्ता भएका दुई जनाको विवरण लिने काम भइरहेको उनले बताए।