गृहसचिव गोकर्णमणि दुवाडीले जलवायु परिवर्तन तथा प्रकोप न्यूनिकरणका लागि वित्तिय प्रवाह बढाउने विषयको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन्।
जुन २ देखि जुन ६ सम्म स्विट्जरल्याण्डको जेनेभामा संचालन भइरहेको विपद् जोखिम न्यूनिकरणको लागि विश्वव्यापी प्लेटफर्ममा उनले त्यसक्रममा सचिव दुवाडीले पूर्वतयारी र त्यसको कार्यान्वयनको लागि नेपालको स्थितिबारे जानकारी गराएका हुन्।
यसका साथै विपद् जोखिम न्यूनिकरणका लागि विश्वव्यापी समन्वयको जरुरी रहेको बताए।
उनले नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्दै यसको पूर्व तयारी र समाधानको लागि नेपाल सकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको बताए।
सम्मेलनमा विश्वभरीका विपद् व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विविध विषयमा छलफल तथा सम्बन्धित मुलुकको असल अभ्यासहरूलाई प्रस्तुत गरिएका थिए।
विश्वमा विपद व्यवस्थापनको लागि चलेका असल अभ्यास र एकअर्कामा गर्नुपर्ने सहयोगका विषयमा समेत यस प्रकारका सम्मेलन फलदायी हुने आशा गरिएको छ।
यसअघि सो सम्मेलनलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय तथा विश्वव्यापी सहकार्यको आह्वान गरेका थिए। विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्तिका साथै व्यवस्थापनमा सहकार्य र सहजता आउने उनले बताएका थिए।