इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले मोहम्मद पाकपोरलाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) का प्रमुख नियुक्त गरेका छन्।
आइआरजिसीका प्रमुख मेजर जनरल हुसेन सलामीको शुक्रबार इसराइली आक्रमणमा मृत्यु भएपछि खामेनीले पाकपोरलाई आइआरजिसी प्रमुख नियुक्त गरेका हुन्।
पाकपोर आइआरजिसीका ब्रिगेडियर जनरल थिए।
इसराइलले शुक्रबार बिहान इरानी उच्च सैनिक अधिकारीहरूलाई पनि लक्ष्य गरी आक्रमण गरेको थियो।
आइआरजिसीको मुख्यालयमै इसराइलले हमला गरेको थियो।
इरानी सेनाका प्रमुख र उपप्रमुख पनि इसराइली आक्रमणमा शुक्रबार नै मारिएका छन्।
सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरी र उपप्रमुख जनरल घोलमली रसिद पनि मारिएका छन्।
सेनाको प्रमुख र उपप्रमुख भने खामेनीले तोकिसकेका छैनन्।
यो पनिः इरानले गर्यो इसराइलमाथि जबाफी हमला