टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।
बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार उक्त दुर्घटनामा परी सम्मरीमाई रोहिनिहवाका २० वर्षीय समीर खान र कोटहिमाई ४ का शिवनाथ ठाकुरको मृत्यु भएको हो।
मोटरसाइकलमा तीन जना सवार रहेकोमा एक जना घाइते भएका छन्।
मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।