प्रहरीले दाङबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
बुधबार राप्ती गाउँपालिका–४ का ५२ वर्षीय उमेशकुमार चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए।
उनका अनुसार जिल्ला अदालत दाङले २०८१ मंसिर ७ गते उनलाई दुई वर्ष कैद सजाय फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।
'घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो,' उनले भने।
पक्राउ परेका चौधरीलाई अदालतमा पेश गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।