सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्युको भएको छ भने ४ जना घाइते भएका छन्।
शुक्रबार अपराह्न ३ बजेतिर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे भन्ने स्थानमा स्थानीय वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहँदा एक्कासि चट्याङ परेर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे बस्ने २७ वर्षका डिल बहादुर शाही, सोही स्थानमा बस्ने १७ वर्षका पर्बत बिक, १९ वर्षका हुम बहादुर थापा, १८ वर्षका नबिन बिक र ३० वर्षकी सुनिता गिरी घाइते भएका थिए।
घटना थाहा पाउनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा टोली खटिएको थियो।
उनको कमाण्डमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमाण्डमा ५ जनाको प्रहरी टोली खटेर उपचारको लागि घाइतेलाई मेहेलकुना अस्पतालमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज शाहीले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये डिल बहादुरको उपचारको क्रममा मृत्यु भएको र बाँकी अवस्था सामान्य छ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।