बैंकिङ कसुरमा पक्राउ परेका ठेकेदार मनोज भेटवाल केही दिनमै छुटेका छन्।
जिल्ला अदालत काठमाडौंले म्याद नथपेकाले उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार असार १९ गते म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा स्वास्थ्य अवस्थाका कारण म्याद नथपिएको हो।
यद्यपि उनीमाथि अनुसन्धान भइरहेको एसपी बोहराले बताए।
असार १३ गते शुक्रबार प्रहरीले उनलाई पक्राउ गरेको थियो। लगत्तै दमको बिरामी रहेको भन्दै ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। उनीविरूद्ध १० करोडको चेक बाउन्स भएको आरोप थियो।
यसअघि पनि उनीविरूद्ध पटकपटक मुद्दा चलिसकेको छ।