आज बिहान चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा रहेको छ।
सो वर्षाले रसुवा जिल्लाको चीन सिमाना क्षेत्रमा भारी बाढी आएको छ।
सो बाढीमा तीन जना प्रहरीसहित २० जना सम्पर्कविहीन भएका छन्।
जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ।
विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा छिटपुट मात्रै वर्षा मापन भएको जानकारी दिए।
तस्बिरहरू:
-1751969942.jpg)
-1751969940.jpg)
-1751969937.jpg)
-1751969934.jpg)
-1751969936.jpg)
-1751969936.jpg)
-1751969937.jpg)
-1751969935.jpg)
-1751969934.jpg)
-1751969934.jpg)
-1751969933.jpg)
-1751969931.jpg)
-1751969932.jpg)
-1751969932.jpg)
सबै तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।