काठमाडौंको पेप्सीकोलामा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ।
बुधबार बेलुका ८:४५ बजे काठमाडौं महानगरपालिका-३२ छाप्रोस्थित सडकखण्डमा जडिबुटीबाट आउँदै गरेको बा प्र ०१ ००४ क ३२८७ पानी ट्याङ्कर र बिपरीत दिशाबाट जादै गरेको बा प्र ० २ ० ३३ प २५४८ मोटरसाइकल आपसमा ठोक्किएको थियो।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार काभ्रेको रोशी गाउँपालिका-३ घर भइ काठमाडौंकै कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर छन्।
दुर्घटनापछि उपचारका लागि केएमसी अस्पताल लगिएकोमा राति ९:४५ बजे चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए।
मोटरसाइकल चालक कोटेश्वर नै बस्ने २६ वर्षीय सन्तोष मगर घाइते छन्। उनको पनि उपचार भइरहेको छ।
ट्यांकर चालक धादिङ घर भइ काठमाडौंको जोरपाटी बस्ने ४७ वर्षीय रामबहादुर धापालाई नियन्त्रणमा लिइएको एसपी गिरीले जानकारी दिए।