विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल एक स्थान तल झर्दै १७१ औं स्थानमा पुगेकाे छ। अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा ६ स्थान माथि चढ्दै नेपाल १७० औं स्थानमा आइपुगेको थियो। यो महिना भने नेपालले एक स्थान गुमाएको छ।
दक्षिण एसियाली मुलुकहरूमा भने नेपाल चौथो स्थानमा छ। शीर्ष स्थानमा रहेकाे भारत १०५अाैं स्थानमा, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन्। त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन्।
वरियताको शीर्ष स्थानमा विश्वकप विजेता जर्मनी रहेकाे छ भने दोस्रोमा ब्राजिल, तेस्रोमा युराेपियन च्याम्पियन पोर्चुगल, चौथोमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम, छैटौंमा स्पेन, साताैंमा पोल्याण्ड, आठौंमा स्वीट्जरल्याण्ड, नवौंमा फ्रान्स र दशाैं स्थानमा चिली रहेका छन्।